नाकामा ब्यापक लापरवाही : संक्रमितहरु सार्वजनिक यातायातबाट सीधै घरतिर
कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतबार भारतको बैंगलोरबाट घर फर्किएका छन् । कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पाजेटिभ देखियो । तर, कोरोनाभाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै सार्वजनिक यातायातबाट घर जान दिइयो ।
भारतबाट सँगै आएका उनका भाइको पनि रिपोर्ट पोजेटिभ देखियो । उनी केहीबेर नाकास्थित हेल्थ डेस्कबाहिर बसेर बेपत्ता भए । प्रहरी र स्वास्थ्यकर्मीले खोजी गरे पनि उनी फेला परेनन् । ‘अहिले यहीँनेर थिए । सायद घर गए होलान्,’ उनका दाजुले भने ।
सुर्खेतको लेकबेसी–४ का एक व्यक्तिको पनि एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो । ज्वरो बढी नरहेको भन्दै उनलाई पाँचवटा मास्क दिएर हेल्थ डेस्कका स्वास्थ्यकर्मीले घर पठाए । नाकाबाट अरु पनि यात्रु बसेको अटोमा चढेर उनी धनगढी बसपार्क आए । उनले सुर्खेतका लागि बसको टिकट बनाएर घरतिर लागे ।
यस्तै, अछामको मंगलसेन–१४ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखियो । उनलाई पनि पाँचवटा मास्क दिएर घरमै आइसोलेसन बस्न भन्दै घर पठाइयो । उनी पनि नाकाबाट यात्रुले भरिएको अटो चढेर धनगढी बसपार्क पुगे । उनले अछामका लागि बसको टिकट बनाएर घर लागे ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
-
सहयोद्धालाई पत्र : ती दिन अझै बिर्सिएको छैन
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
-
सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण