नख्खुमा बर्ड फ्लु देखियो, डेढ हजार बढी पशुपंक्षी नष्ट

ललितपुर । ललितपुर महानगरपालिका¬–१४ को नख्खुमा कृषकले पालेका पशुपंक्षीमा बर्ड फ्लु रोग देखिएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्डफ्लु रोग गत शुक्रबार देखिएको जानकारी दिए ।
नेपालमा यसवर्ष बर्ड फ्लु रोग देखिएको यो छैटौँ पटक हो । यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरको तीन ठाउँ बर्डफलु देखिएको थियो । बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट दक्ष जनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण सङ्क्रमणसमेत गरिसकेको जानकारी दिए ।
उक्त क्षेत्रका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी