नख्खुमा बर्ड फ्लु देखियो, डेढ हजार बढी पशुपंक्षी नष्ट
ललितपुर । ललितपुर महानगरपालिका¬–१४ को नख्खुमा कृषकले पालेका पशुपंक्षीमा बर्ड फ्लु रोग देखिएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्डफ्लु रोग गत शुक्रबार देखिएको जानकारी दिए ।
नेपालमा यसवर्ष बर्ड फ्लु रोग देखिएको यो छैटौँ पटक हो । यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरको तीन ठाउँ बर्डफलु देखिएको थियो । बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट दक्ष जनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण सङ्क्रमणसमेत गरिसकेको जानकारी दिए ।
उक्त क्षेत्रका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण