संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना हुने (भिडियो सहित)
ललितपुर । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश बोकेर जोशी निवास पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्ने बताएका हुन् । राष्ट्रपति भण्डारीले नेपालको जिवित इतिहास बोकेका संस्कृतिविद् जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेकी थिइन् ।
‘राष्ट्रपतिज्युले संस्कृतिविद जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको सन्देश लिएर म नेपालका जिवित इतिहास बोकेका संस्कृतिविद् जोशीको निवासमा आएको हुँ’ जोशीको निवासका आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भने ।
‘उहाँको नाममा खुल्ने विद्यालय नेपालकै नमुनाको हुनेछ, यो उत्कृष्ट सामुदायिक विद्यालयको सूचीमा पर्नेछ’ मन्त्री श्रेष्ठको भनाई थियो । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन र एमाले ललितपुर पार्टी अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारसहित जोशी निवास पुगेका मन्त्री श्रेष्ठले उनको स्वाथ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण