मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना हुने (भिडियो सहित)

मङ्गलबार, १७ चैत २०७७, १८ : १७
मङ्गलबार, १७ चैत २०७७

ललितपुर । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश बोकेर जोशी निवास पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्ने बताएका हुन् । राष्ट्रपति भण्डारीले नेपालको जिवित इतिहास बोकेका संस्कृतिविद् जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेकी थिइन् ।

‘राष्ट्रपतिज्युले संस्कृतिविद जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको सन्देश लिएर म नेपालका जिवित इतिहास बोकेका संस्कृतिविद् जोशीको निवासमा आएको हुँ’ जोशीको निवासका आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भने ।

‘उहाँको नाममा खुल्ने विद्यालय नेपालकै नमुनाको हुनेछ, यो उत्कृष्ट सामुदायिक विद्यालयको सूचीमा पर्नेछ’ मन्त्री श्रेष्ठको भनाई थियो । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन र एमाले ललितपुर पार्टी अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारसहित जोशी निवास पुगेका मन्त्री श्रेष्ठले उनको स्वाथ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप