बेलायतमा कोरोनाबाट ४ हजार संक्रमित, ५६ जनाको मृत्यु

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार ४० जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । बेलायतमा कुल संक्रमित संख्या ४३ लाख ४१ हजार ७३६ पुगेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा ५६ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ६७० पुगेको छ ।
बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्या पनि क्रमशः घट्दै गएको छ । मंगलबारसम्मको तथ्याँक अनुसार भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ५८३ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा २८९ जना संक्रमित अस्पताल भर्ना भएका थिए । हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोनाका बिरामीको संख्या चार हजार १५३ रहेको सरकारी तथ्याँकमा उल्लेख छ ।
बेलायतमा ३ करोड ४५ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ४५ लाख १८ हजार ९५८ डोज वितरण भएको छ । तीन करोड ६ लाख ८० हजार ९४८ ले खोपको पहिलो डोज लिएका छन् भने ३८ लाख ३८ हजार १० जनाले दोस्रो डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?
-
आवासीय चिकित्सकका विषयमा शिक्षा मन्त्रालयले सच्यायो विज्ञप्ति
-
स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छानिए, कसरी पाइन्छ ऋण ?
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु