बेलायतमा कोरोनाबाट ४ हजार संक्रमित, ५६ जनाको मृत्यु
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार ४० जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । बेलायतमा कुल संक्रमित संख्या ४३ लाख ४१ हजार ७३६ पुगेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा ५६ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ६७० पुगेको छ ।
बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्या पनि क्रमशः घट्दै गएको छ । मंगलबारसम्मको तथ्याँक अनुसार भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ५८३ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा २८९ जना संक्रमित अस्पताल भर्ना भएका थिए । हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोनाका बिरामीको संख्या चार हजार १५३ रहेको सरकारी तथ्याँकमा उल्लेख छ ।
बेलायतमा ३ करोड ४५ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ४५ लाख १८ हजार ९५८ डोज वितरण भएको छ । तीन करोड ६ लाख ८० हजार ९४८ ले खोपको पहिलो डोज लिएका छन् भने ३८ लाख ३८ हजार १० जनाले दोस्रो डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण