प्रविधिमैत्री बन्दै कांग्रेस
नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ । कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपमा अद्यावधिक गर्ने गरेकामा यसपटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएको हो । पहिले ४ लाख ७० हजार रहेको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने नीतिअनुसार कांग्रेसले धमाधम सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ ।
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य आनन्द ढुंगानाले ६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको र मंगलबारसम्म करिब ५ लाखको हाराहारीमा नयाँ तथा पुराना सदस्यको विवरण इन्ट्री भएको जानकारी दिए ।
‘६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको छ, केही जिल्लामा समायोजन टुंगिन बाँकी छन्, केही जिल्लाले विवरण पठाउन नै ढिला गरिरहेका छन् । त्यसले गर्दा सुरु कार्यतालिका पनि प्रभावित भएको छ,’ ढुंगानाले राजधानीसँग भने ।
उनले गत शुक्रबारसम्म मात्रै ४ लाख ८० हजार जनाको सदस्यता नवीकरण र नयाँ विवरण इन्ट्री भएको जनाए । यो संख्या मंगलबारसम्म ५ लाखको हाराहारीमा रहेको ढुंगानाले बताएका हुन् ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका ११ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण