चिनियाँ प्रयोगशालाबाट कोरोनाभाइरस फैलिएको भन्ने खबरमा डब्ल्यूएचओले अब के भन्यो ?
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेससले कोभिड–१९ एक चिनियाँ प्रयोगशालाबाट निस्किएको भाइरस हो भनेर किटान गर्नका लागि थप गहन अध्ययनको आवश्यकता भएको बताएका छन् ।
गेब्रेयेससले चिनियाँ प्रयोगशालाको थ्योरी वास्तविक हुने सम्भावना ज्यादै न्यून रहेको र गहन अध्ययन बिना यसबारे केही भन्नु ठिक नभएको बताएका छन् ।
यस्तै, अमेरिकासमेत केही अन्य देशले विश्व स्वास्थ्य संगठनलाई पर्याप्त जानकारी नदिएको भन्दै चीनको आलोचना गरेका छन् ।
चीनले लगातार उसको प्रयोगशालाबाट कोरोनाभाइरस लीक भएको आरोपलाई गलत बताउँदै आएको छ ।
विश्व स्वास्थ्य संगठनका विशेषज्ञको टिमले १४ जनवरीदेखि १० फेब्रुअरीसम्म चीनको ऊहान शहरको भ्रमण गरेको थियो ।
चीनको ऊहान शहरमा नै डिसेम्बर २०१९ मा कोरोनाभाइरस संक्रमणको सबैभन्दा पहिलो संक्रमितको आधिकारिक पुष्टि भएको थियो ।
यो अन्तरराष्ट्रिय टीमले मंगलबार एक रिपोर्ट जारी गरेको छ जसमा चीनमा विशेषज्ञको टीमले आवश्यक डाटा पाउन नसकेको र भविष्यमा उत्कृष्ट डाटा सेयरिङको आवश्यकता भएको बताएका छन् ।
विशेषज्ञको यो टीमका अनुसार भाइरस चमेरोबाट मानिसमा सरेको हुनसक्ने सम्भावना सबैभन्दा बढी छ ।
यद्यपि, विश्व स्वास्थ्य संगठनका प्रमुखले चिनियाँ प्रयोगशालायुक्त थ्योरीलाई ठाडै अस्विकार भने गरेको छैन । डब्ल्यूएचओले यसबारे थप अनुसन्धानको आवश्यकता भएको बताएका छन् ।
चीनले विश्व स्वास्थ्य संगठनको यो ताजा बयानमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण