माधुरी निर्णायक रहेको ‘डान्स दीवाने ३’ का १८ सदस्य कोरोना संक्रमित
मुम्बई । मनोरञ्जन उद्योगले यतिबेला कोरोनाको चुनौतीको सामना गरिरहेको छ । कोरोनाको क्रासका बीच पनि कलाकार आफ्नो प्रोजेक्टको छायाँकन गरिरहेका छन् । पछिल्लो समय कयौ कलाकार कोरोनाको चपेटामा परेका छन् ।
अभिनेत्री माधुरी दीक्षित, धर्मेश र तुषार कालिया जर्ज रहेको डान्स रियालटी शो ‘डान्स दीवाने ३’ मा पनि कोरोना पाइएको छ । राधव जुएल होष्ट रहेको यो शोका १८ सदस्य कोरोना संक्रमित भएका छन् । जसको जानकारी फिल्म उद्योग कर्मचारी संघले दिएको हो ।
‘डान्स दीवाने ३’ शो प्रसार हुने टेलिभिजन ‘कलर्स’ च्यानलका प्रवक्ताले समेत कोरोना संक्रमितको पुष्टि गरेका छन् । उनले भनेका छन् ‘डान्स दीवाने ३’ की टिमका केही सदस्यमा कोरोना संक्रमित पाइएको छ ।’ फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्पलोइज ( एफवडब्ल्युआईसीई’ का महासचिव अशोक दुबेले शोका १८ सदस्य कोरोना संक्रमित भएको बताएका छन् ।
‘दुई दिन पहिले शोका १८ सदस्यमा कारोना संक्रमित भेटिएको थियो’ दुबेले भने ‘उनीहरु घरमा रहेका छन् । उनीहरुको साटो दोस्रो ब्यक्ति काममा राखिएको छ ।’ उनले शोका निर्णायक माधुरी, धर्मेश र तुषार भने ठिक रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण