करिडोरमा हुने जाम हटाउन ट्राफिक प्रहरीको छुट्टै टिम परिचालन
बुधबार, १८ चैत २०७७, १५ : ५१
काठमाडौं । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोविखोला र मनहरा नदी करिडोरको जाम हटाउन ट्राफिक प्रहरीको छुट्टै टिम परिचालन गरिएको छ । ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बुधवार ‘करिडोर सडक व्यवस्थापन टिम’ परिचालनको शुभारम्भ गरेका छन् ।
महाशाखाले १७ ओटा टिम बनाएर करिडोर व्यवस्थापनमा ट्राफिक प्रहरी परिचालन गरेको हो । मोटरसाइकलमा खटिने टिमका सदस्यहरुलाई एसएसपी भट्टराईले फ्लोरिसेन्ट ज्याकेट वितरण गरेका छन् । करिडोरको प्रभावकारी व्यवस्थापन गर्न र अधिकतम प्रयोगमा ल्याउनका लागी टिम परिचालन गरिएको एसएसपी भट्टराईले बताए ।
मोटरसाइकलमा खटिने ट्राफिक प्रहरीको ‘डेडिकेटेड टिम’ले करिडोरमा हुने जाम व्यवस्थापन र दुर्घटना नियन्त्रणका लागि काम गर्नेछन् । ‘करिडोर व्यवस्थापन गर्न सकेमा मुख्य सडकको जाम घटाउन सकिन्छ’ एसएसपी भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण