सेयरमा फर्किँदै रौनक, बजार उच्च बिन्दु नजिक
बुधबार, १८ चैत २०७७, १७ : ०१
काठमाडौं । बुधबार सेयर बजार यस अघिको उच्च बिन्दु नजिक पुगेको छ । बजार २६ बिन्दु नाघेको छ । २६१९.०२ बिन्दुले बढेर यसअघिको उच्च बिन्दु नजिक पुगेको हो । सेयर बजारको उच्च बिन्दु २६४० थियो । ४३.३६ अंकले बढेको बजारमा ६ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ट्रेडिङ बाहेक सबै समूहमा गिरावट आएको छ ।
आज महिला लघुवित्त वित्तिय संस्थाको सेयरको मूल्य ९.९७ प्रतिशतले बढेर ६ सय ६२ रुपैयाँ प्रतिकित्ता कायम भएको छ । आजको बजारमा सेयर मूल्य बढ्नेको अग्रस्थानमा महिला लघुवित्त नै रहेको छ । दोस्रोमा अजोड इन्स्योरेन्स परेको छ । यसको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर ९३८ रुपैयाँ पुगेको छ ।
कारोबार रकमको आधारमा भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । यसको ३६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण