म्यानमारमा सेनाले ४३ बालबालिकाको ज्यान लिएः सेभ द चिल्ड्रेन
म्यानमारमा फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बालबालिकाको ज्यान गइसकेको छ । बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रेन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो स्थिति’ भएको बताएका छन् ।
मृत्यु हुने बच्चामध्ये एक ६ वर्षकी बालिका थिइन् । एक स्थानीय निगरानी समूहका अनुसार सैन्य कूपछि ज्यान गुमाउनेको कूल संख्या ५३६ रहेको छ ।

सेनाको कडाईः
म्यानमारमा सेनाले विरोधको व्यापक दमन गरिरहेको छ । यसैबीच म्यानमारमा संयुक्त राष्ट्रका दूतका अनुसार ‘यहाँ थप रगत बग्ने खतरा छ’ । यसैबीच सीमान्त इलाकामा सेना र जातीय अल्पसंख्यक समूहबीचको संघर्ष तीब्र हुँदै गएको छ ।
म्यानमारमा अशान्तिको सुरुवात करिब दुई महिना अघि भएको थियो । त्यतिबेला सेनाले चुनावमा धाँधलीको आरोप लगाउँदै सैन्य कू गरेको थियो । चुनावमा आङ सान सूचीका पार्टी एनएलडीले जबरजस्ती जीत हासिल गरेको आरोप लगाइएको थियो ।
सैन्य कू विरुद्ध हज्जारौं मानिसहरुले सडकमा उत्रिएर विरोध जाहिर गरे । सेनाले सुरुवातमा प्रदर्शनकारी रोक्नका लागि पानीको फोहोराको प्रयोग गरे । पछि रबरको गोली चलाइयो । त्यसपछि गोली नै चलाइयो ।
शनिबार सबैभन्दा जोडदार संघर्ष भयो । त्यस दिन सयभन्दा बढीको मृत्यु भयो ।
प्रत्यक्षदर्शीका अनुसार सेनाले सडकमा भएका मानिसहरुमाथि अचानक हमला गरे । केही मानिसहरुको मृत्यु उनीहरुको घरभित्रै भयो ।
हमलामा ज्यान गुमाउने ६ वर्षकी बालिका म्यो चितका परिवारले बीबीसीसँगको कुराकानीमा मार्च महिनाको अन्त्यमा मांडलेस्थित उनको घरमा छापा मारेको बताए । त्यस क्रममा बालिका आफ्नो पिता भएठाउँ दौडिएर काखमा बस्न जाँदा उनलाई प्रहरीले गोली हानेर हत्या गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण