पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमति भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५६५ को स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका हुन् । यस्तै कूल १११ जना भने निको भएका छन् । विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १०६ जना सङ्क्रमित भएका छन् । गण्डकीमा ३३, लुम्बिनीमा १६, सुदूरपश्चिममा १२, कर्णालीमा एक, प्रदेश नं १ मा नौ र प्रदेश नं २ मा दुई जना सङ्क्रमित भएका छन् ।
यस्तै छिमेकी देश भारतमा कोरोनाको थप सङ्क्रमण फैलिएपछि सीमानाकामा एन्टिजेन परीक्षण थालिएको छ । सो परीक्षणअनुसार कूल ६८ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ । सरकारले बेलहिया रुपन्देही, गड्डाचौकी कञ्चनपुर, जमुनाह बाँके, कृष्णनगर कपिलवस्तु र त्रिनगर कञ्चनपुरमा एन्टिजेन परीक्षण गरेको छ । परीक्षणअनुसार पोजेटिभ मध्ये सङ्क्रमण दर चार प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार कूल ६१ जना क्वारेन्टिनमा रहेका छन् भने हालसम्म कूल १७ लाख ९१ हजार ६०६ जनाले कोरोनाको खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण