आजदेखि शैक्षिक संस्था पूर्ववत् रूपमा सञ्चालन हुने
देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने बताए । उनले बिहीबारदेखि शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले अब सबै शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन हुने जानकारी दिए । यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने विद्यार्थीका नियमित कक्षा रोकिएका थिए ।
सरकारको निर्णयपछि विश्वविद्यालयहरूले पनि आफ्नो परीक्षाबाहेकका नियमित कक्षा रोक्ने निर्णय गरेका थिए । चार दिन पठनपाठन बन्द भए पनि पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गरिएको थियो । मङ्गलबारदेखि प्रदूषण विस्तारै कम हुनुका साथै बुधबार देशभर हल्का पानीसमेत परेको थियो । त्यसपछि मौसममा सुधार आएको जनाइएको छ । यसका साथै डढेलो पनि कम हुँदै आएको जनाइएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण