बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

दैनिक २० घण्टा लोडसेडिङको मार खेप्दै हुम्लाबासी

आइतबार, २२ चैत २०७७, ०७ : ५५
आइतबार, २२ चैत २०७७

सरकारले काठमाडौँमा लोडसेडिङमुक्त  भएको  घोषणा  गरे पनि हुम्लावासीले भने दैनिक २० घण्टासम्मको लोडसेडिङको मार खेप्दै आएका छन् ।

जिल्लामा  सञ्चालित  हिल्दुम  साना  जलविद्युत् आयोजनामा पानी कम भएका कारण विद्युत उत्पादन घटेकाले दैनिक २० घण्टासम्म लोडसेडिङ खेप्नुपरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले बताए ।

“लामो समयसम्म  लोडसेडिङ  हुन थालेपछि जिल्लामा सञ्चालित  २० भन्दा बढी साना उद्योग तथा  व्यवसाय नै बन्द हुने स्थितिमा  पुगेको छ,” उनले भने जिल्लामा  निरन्तर विद्युत्  उपलब्ध  गराउन राष्ट्रिय विद्युत् प्रसारण  लाइनसँग  जोड्न आवश्यक रहेको पनि उनले बताए ।

कर्णाली करिडोरले चारवटा गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिसकेकाले विद्युत् प्रसारण लाइन तान्न पनि सहज हुने उनको भनाइ छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप