नेकपा माओवादी केन्द्रका दुई सांसदलाई कारवाही गरेको पत्र प्रदेशसभामा
नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी(गुल्मी) लाई माओवादीले कारवाही गरेको जानकारी लुम्बिनी प्रदेश सभालाई गराइएको छ । एमालेमा प्रवेश गरेर ओली समूहको केन्द्रीय सदस्य बनेका न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेको पत्र आएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले रातोपाटीलाई बताए ।
उनले प्रदेशसभाको नियमावली १९० अनुसार पत्र आएको बताए । अब नियमावली १९१ अनुसार सभामुखले प्रदेशसभालाई जानकारी गराउने बताए । ‘सभामुखज्यूले पत्रमा तोक पनि लगाउनु भयो । अब कारवाही गरेपछि वहाँहरुको सांसद पद खारेज हुनेछ ।’
माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरणको जवाफ दिएका नदिएपछि पार्टीले कारवाहीको लागि पत्र पठाएको माओवादीका संसदीय दलका नेता बसन्त घर्तीले बताए ।
लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् । माओवादीको २० सांसद छन् । तीमध्ये माओवादीका एकजना सभामुख भएकाले भोटिङ गर्न १९ जनाले मात्रै पाउँछन् । तीमध्ये दुईजना एमालेमा प्रवेश गरिसकेका छन् । प्रदेशसभामा नेपाली काँग्रेसका १९ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण