‘किंगमेकर’ महन्थ : प्रधानमन्त्रीसम्मको अफर
जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली काँग्रेसले जसपालाई आ–आफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन् । माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ ।
यसैक्रममा आइतबार ठाकुरसँग नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन् । ठाकुर निकट जसपाका नेता डा सुरेन्द्र झाले पौडेलले नयाँ सरकार निर्माणको विषयमा कुराकानी गरेको जानकारी दिए । पौडेलले शेरबहादुर देउवाबाहेक अर्को व्यक्तिलाई पनि काँग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने धारणा राखेको झाले बताए ।
‘काँग्रेस नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय पार्टीले गरेको छ । तर नयाँ सरकारको नेतृत्व देउवाबाहेक अर्को व्यक्तिले पनि गर्न सक्छ भन्ने धारणा पौडेलजीको रह्यो,’ झाले भने, ‘उहाँले अर्को व्यक्ति को हुन सक्छ भन्नेबारेमा भने खुलाउनुभएन ।’
ठाकुरसँग अहिले ओली, काँग्रेस र माओवादी केन्द्रले सत्ता समीकरणमा साझेदारीको प्रस्ताव गरेका छन् । तर ठाकुर भने ओलीसँग निकट देखिएका छन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण