अझै रोकिएन पाटे बाघको आक्रमण
बर्दिया राष्ट्रिय निकुञ्जको कर्मचारी पुलिसराम थारुको आइतबार निकुञ्जभित्र गैँडा मचानमा बाघको आक्रमणबाट मृत्यु भयो । गैँडा गणना खटिएका थारुको बाघको आक्रमणबाटै मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ ।
चैत १५ गते मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारूलाई बिहान पाटे बाघले आक्रमण गर्यो । बाघको आक्रमणबाट थारुको गर्दन, टाउको र ढाडमा गम्भीर चोट लागेको छ । यस्तै गरी असारयता खाता जैविकमा पर्ने एउटा वडाको ५, मध्यवर्ती क्षेत्रका ३, निकुञ्जभित्र राजमार्गमा १ को गरी ६ महिनामा नौ जनालाई पाटे बाघले मारेको छ ।
लगातार घटना घट्दा समेत निकुञ्ज प्रशासन र मातहतका संस्थाको लापरबाहीले बाघ र मानिस दुवै असुरक्षित भएको पुष्टि गरेको छ । तीन महिनाअघि देखि मान्छे खाने बाघ नियन्त्रण लिन दौड भाग गरिरहेको निकुञ्ज विभागको प्रगति शुन्य बराबरको पुष्टि भएको छ ।
एउटा बाघलाई मान्छे खाने बाघ भनेर नियन्त्रणमा लिए पनि मान्छेमाथि आक्रमण जारी छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण