एसिड जस्ता रासायनिक पदार्थको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने
काठमाडौं । गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड) सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने भएको छ। मन्त्रालयले आइतबार सूचना जारी गरी यस्ता पदार्थ आवश्यक पर्ने भए पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।
सरकारले असोज १२ गते तेजाब तथा घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश जारी गरेको थियो। यस्ता पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्रीवितरण, प्रयोग तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गर्ने सम्बन्धमा अध्यादेश ल्याइएको हो। त्यससम्बन्धी नियमावली स्वीकृत भई कार्यान्वयनमा आइसकेको मन्त्रालयको सूचनामा उल्लेख छ।
‘अध्यादेशको दफा (५) मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक परिमाणसम्मको लागि सम्बन्धित उद्योगलाई मात्र अनुमति दिन सकिने भन्ने व्यवस्था रहेको छ’, सूचनामा लेखिएको छ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण