संसारको पहिलो रोबोम्यान: आधा मानिस, आधा मेशिन

प्रविधिको मामिलामा संसार निकै अघि बढिसकेको छ । प्रविधिको सहयोगले वैज्ञानिकले हालै आधा मानिस र आधा रोबोट बनाउन सफल भएका छन् । जसलाई रोबोम्यान नाम दिईएको छ ।
बेलायतका एक वैज्ञानिकले आफूलाई रोबोम्यानको रुपमा बदलेका छन् । उनलाई संसारको पहिलो रोबोम्यान पनि भनिन्छ । उनी डाक्टर पिटर स्कट मोर्गन हुन् । उनी ६२ वर्षका भए । आफूलाई जीवित राख्नका लागि उनले संसारसामु उदाहरण पेश गरेका छन् ।
डाक्टर पिटर मोटर न्युरोन नामक एक घातक बिमारीद्वारा पीडित थिए, जसका कारण उनका मांशपेशी काम नलाग्ने भइरहेका थिए ।
मोर्गनको शरीरका कैयन अंगले काम गर्न छोडेका थिए । यसका लागि उनले विज्ञानको सहारा लिए । अनि रोबोटिक्सको उपयोग गरेर आफ्नो जीवनलाई एक नयाँ रुप दिए । अहिले पिटर मेशिनको सहायताले ती सबै काम गर्छन् जो एक स्वस्थ व्यक्तिले गर्छन् ।
पिटरलाई सन् २०१७ मा यो मांशपेशी सम्बन्धी रोग मोटर न्युरोन लागेको जानकारी भयो । यसपछि सन् २०१९ मा उनले आफूलाई आधा मानव तथा आधा रोबोटको रुपमा परिणत गर्न शुरु गरे । जसका कारण आज उनी जीवित मात्र छैनन् संसारका अगाडि एक उदाहरण समेत बनेका छन् ।
'जीवनमा ज्ञान तथा प्रविधिको सहयोगले धेरै खराब कुरालाई बदल्न सकिन्छ,' मोर्गन भन्छन् ।
आधा मानव तथा आधा रोबोट बन्ने समयमा मोर्गनले यस्ता प्रविधि खोजे जुन अविश्वसनीय छ । उनले आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले 'बडी ल्याङ्गवेज' बताउने प्रविधिको खोजी गरे । साथै उनले 'आइ–ट्रयाकिङ्ग' प्रविधिको पनि खोजी गरे । यसले कैयन कम्प्युटरलाई नियन्त्रण गर्न सक्छ ।
अहिले मोर्गन भेन्टिलटरबाटै सास फेरिरहेका छन् । उनलाई आधा मानव तथा आधा रोबोट बन्ने प्रेरणा भने साइन्स फिक्सन कमिकको क्यारेक्टर साइबोर्गबाट प्राप्त भएको हो । साइबोर्ग आधा मानिस तथा आधा रोबोट हुन्छन् । ६५ वर्षीय आफ्नो श्रीमती फ्रान्सीससँग बस्दै आएका मोर्गन आफ्नो जीवनबाट एकदमै खुशी छन् ।
स्राेत: www.newscrab.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
-
अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे