विदेशमा ज्यान गुमाएका १५ श्रमिकको शव नेपाल ल्याइयो
वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ ।
आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक ल्याइएको हा ।
यसअघि गत माघमा मलेसियाबाट १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको थियो । त्यसो त चालू आर्थिक वर्ष २०७७÷०७८ को पहिलो नौ महिनामा मलेसियाबाट मात्रै २१९ वटा शव आएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ महिलासहित ६१५ जनाको शव स्वदेश ल्याइपुगेको छ ।
गएको साउनदेखि चैत २२ गतेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये त्यो सङ्ख्याले रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव स्वदेश ल्याइएको बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी दिए
बोर्डका अनुसार सो अवधिमा साउदी अरबबाट १७० वटा र कतारबाट ९५ वटा शव आएका छन् । यस्तै सो अवधिमा संयुक्त अरब इमिरेट्स (युएई) बाट ४६ वटा शव आए भने कुवेत २४ वटा, बहराइनबाट ११ वटा शव नेपाल आइपुगेका छन् । त्यसैगरी यस अवधिमा दक्षिण कोरियाबाट पाँचवटा शव आइपुगे भने जोर्डनबाट तीनवटा र साइप्रस दुईवटा शव आएको बोर्डले जनाएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण