बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

'लकडाउनमा जाने अवस्थामा नपुर्‍याऔँ’

मङ्गलबार, २४ चैत २०७७, ०६ : ४८
मङ्गलबार, २४ चैत २०७७

प्रतिनिधिसभामा  सोमबार  विशेष  समय  लिएर  सम्बोधन  गर्दै  स्वास्थ्य  तथा  जनसङ्ख्यामन्त्री  हृदयेश  त्रिपाठीले  जनस्वास्थ्य  मापदण्ड  प्रभावकारी  रूपमा  पालना  नभए  कोरोना  पुनः  उच्च  बिन्दुमा  पुग्न  सक्ने चेतावनी दिए । 

उनले आउँदो जेठ–असारमा पुनः कोरोना उच्च बिन्दुमा पुग्न सक्ने देखिएको बताए । सङ्क्रमण  पछिल्लो  दिनमा  बढिरहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रहसमेत गरे । 

छिमेकी मुलुक भारतमा  सङ्क्रमण  उच्च  गतिमा  बढिरहेको  भन्दै  उनले  सचेत  रहन  सबैलाई  आग्रहसमेत  गरे । कोरोनाविरुद्धको खोप खरिदसम्बन्धी अध्यादेश सदनमा पेस नभएको भन्दै उनले असन्तुष्टि समेत जनाए । 

मापदण्ड पालना गर्नुपर्ने बाटै उल्लङ्घन भएको पनि उनको भनाइ छ । लकडाउनमा जाने  अवस्थामा  नपु¥याउन  पनि  उनले आग्रह गरे । सदनमा जवाफका क्रममा उनले भने, 'लकडाउनले  समग्र  अर्थतन्त्रलाई  प्रभाव पार्ने रहेछ । अर्थतन्त्र र सामाजिक जीवनमा  पारेको  प्रभाव  यसअघिकै  आउन  बाँकी छ ।'

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप