स्याङ्जामा रोकिराखेको बस जल्यो, प्रहरीले अनुसन्धान गर्दै
मङ्गलबार, २४ चैत २०७७, १५ : १०
काठमाडौं । स्याङ्जामा रोकिराखेको यात्रुवाहक बस जलेको छ । पुतलीबजार नगरपालिका–६ स्थित टक्सार–पोखरा सडकमा ग १ ख ७१६६ नम्बरको बस जलेको अवस्थामा भेटिएको स्याङ्जाका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
सोमबार राती टक्सारमा यात्रु छोडेर फर्किने क्रममा बस जलेको हो । चालक २९ वर्षीय सुभास केसी र सह–चालक १८ वर्षीय नवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस कसरी जल्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘चालक र सह–चालकले मापसे गरेका रहेछन्’ एसपी बोगटीले भने– ‘बस कसरी जल्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’ इन्सुरेन्स रकम दावी गर्नका लागी पनि बस चालकले बस जलाएको हुनसक्ने आशंका गरिएको छ । पोखरा महानगरपालिका–२१ कृष्टि बस्ने चालक सुभाष केसी आफैं बसका धनी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण