नेपालीलाई कोरिया खुकुलो बनाइयो
काठमाडौँ। दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुुुकुुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुुन् ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील (रेडजोन)बाट हटाएर संवेदनशील (एलोजोन)को सूचीमा राख्नुु ‘ग्रिन सिग्लन’ भएकाले खुकुलो बनाएको बताए ।
दक्षिण कोरियाको पछिल्लो सङ्केतले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जाने तयारीमा रहेका युवाको बाटो खुल्ने उनले बताए ।
दक्षिण कोरिया जानका लागि श्रम सम्झौता आइसकेका १२ हजार बढी छन् । दक्षिण कोरियाले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरेर श्रम सम्झौतामा आई रोस्टरमा परेका ती सबै युुवा दक्षिण कोरिया जान पाउने उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण