बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

वैदेशिक सहायतामा अनुदानको हिस्सा घट्दो

बुधबार, २५ चैत २०७७, ०७ : २८
बुधबार, २५ चैत २०७७

पछिल्ला तीन आर्थिक वर्षको बजेटमा वैदेशिक अनुदान घट्दै गएको छ ।
आव २०७४-०७५ मा वैदेशिक सहायतामध्ये ३६ अर्ब १६ करोड अनुदान थियो भने ७४ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक ऋण थियो । तर, आव ०७५-०७६ मा वैदेशिक सहायताको जम्मा १० प्रतिशतमात्र अनुदानको रुपमा प्राप्त भएको थियो ।
यसैगरी आव ०७६-०७७ मा वैदेशिक सहायताको २१ प्रतिशत अनुदान थियो । अघिल्लो आर्थिक वर्षमा ३२ अर्ब अनुदान सहयोग रहेकोमा २१ अर्ब ऋण सहायता प्राप्त भएको थियो ।
तीन वर्षको तथ्यांक हेर्दा सरकारले विकास साझेदारलाई विश्वासमा लिन नसकेको देखिएको अर्थविद्हरु बताउँछन् । ‘आर्थिक कूटनीतिमा नेपालको परराष्ट्र नीति फितलो बन्दै गइरहेका कारण अनुदान रकम घट्दै गएको हो,’ अर्थविद् प्रा.डा. रघुविर विष्ट भन्छन् । कारोबार दैनिकमा खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप