राजालाई ‘श्री ५’ कै रुपमा निम्ता
काठमाडौँ । विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र चैत २६ गते बिहीबार भारत प्रस्थटान गर्ने भएका छन् ।
हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रुपमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । गत शिवरात्रिका अवसरमा पहलिो मेला सम्पन्न भएको थियो चैत ३० गते आयोजना हुने महामेलामा शाही स्नानका निम्ति मौसुफलाई महामण्डलेश्वरबाट विश्व हिन्दू सम्राट श्री ५ बडामहाराजधिराजका रुपमा निमन्त्रणा प्राप्त भएको हो ।
आचार्य मण्डलेश्वरका तर्फबाट निमन्त्रणा लिएर उनका प्रतिनिधि राजभवन निर्मल निवासमा आएका थिए ।
भारत सरकारद्वारा ‘रिकग्नाइज्ड’ उक्त महामेलामा राष्ट्रिय स्वयंसेवक (RSS ) का प्रमुख मोहन भागवत लगायत कैयन् दिग्गजहरुको समेत सहभागिता रहने बुझिएको छ ।
यो समाचार आजको घटना र विचार साप्ताहिक पत्रिकामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण