बिमा कम्पनीका लागि छुट्टै ऋणपत्रको तयारी !
बिमा कम्पनीहरूको लगानीयोग्य रकमलाई लक्षित गरी लामो अवधिको ऋणपत्र जारी गर्नका लागि बिमा समितिले सुझाव दिएको छ ।
बिमा कम्पनीहरूसँग लामो अवधिको लगानीयोग्य पुँजी भए पनि उक्त रकम लगानी गर्ने क्षेत्र नभएको भन्दै त्यसका लागि बण्ड निष्कासन गर्न समितिले सरकारलाई सुझाव दिएको हो । “बिमा कम्पनीहरूसँग रहेको लामो अवधिको पुँजी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा थुप्रिएको छ,” समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, “यसलाई देश विकासमा प्रयोग गर्न दीर्घकालीन प्रकृतिको बण्ड जारी गर्न सरकारलाई सुझाव पठाएका छौं ।”
हाल १९ जीवन र २० निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । यसमध्ये जीवन बिमा कम्पनीहरूसँग ३ खर्ब र निर्जीवन बिमा कम्पनीसँग ६० अर्ब रुपैयाँ लगानीयोग्य पुँजी छ ।
बिमा कम्पनीहरूले आफूसँग रहेको पुँजी लगानी गर्ने क्षेत्रको अभावमा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा थुप्रिएको छ । अहिले सरकारले नागरिक बचतपत्र, वैदेशिक रोजगार ऋणपत्रलगायतका औजारबाट सरकारलाई आवश्यक आन्तरिक ऋण उठाउँदै आएको छ । कारोबार दैनिकमा खबर छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण