पत्रकार महासंघ बेल्जियमको नेतृत्वमा शर्मा चयन
लन्डन । नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले मंगलबार सात सदस्यीय कार्यसमितिको चयन गरेको छ । गत फेव्रुअरी महिनाको पहिलो साता बेल्जियम शाखाको पहिलो अधिवेशन सम्पन्न भएको थियो भने केन्द्रको निर्देशन अनुसार मंगलबार नयाँ कार्यसमिति चयन गरिएको हो।
पत्रकार एवम् चारदिशा डटकमका प्रधान सम्पादक ओम शर्माको अध्यक्षतामा गठित नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा निलम घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा शेरबहादुर छन्त्याल, तेज नेपाली तथा सन्तोष न्यौपाने निर्वाचित भएका छन् ।
प्रवासमा रहेका पत्रकारिता पेशालाई थप मर्यादित, सबल र सक्षम बनाउन आफूले इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने अध्यक्ष शर्माले रातोपाटीलाई बताए । साथै सबैको धारणालाई समेटेर भावी कार्ययोजना बनाएर अघि बढ्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले नवनिर्वाचित कार्य समितिलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । समग्र पत्रकारिता क्षेत्रको विकासका लागि विदेशमा रहेका पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बराइलीले बताए ।
कार्यक्रममा केन्द्रिय प्रतिनिधि भगीरथ योगीले नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै विदेशमा रहेर पनि पत्रकारिता गरिरहनु वास्तवमै चुनौतीपूर्ण रहेको बताए । प्रविधिको विकास र यसको सहजताका कारण सबैको हातमा स्मार्ट फोन रहेको हुँदा मल्टिमिडियासँग परिचित रहन र आफ्नो सीप विकासमा ध्यान दिनुपर्ने योगीले बताए ।
सो कार्यक्रममा निर्वाचन समितिका संयोजक महेश थापा, नेपाल पत्रकार महासंघ बेल्जियम शाखा सदस्य शेरबहादुर छन्त्याल, पत्रकार सरस्वती कार्की लगायतले शुभकामना दिँदै सबै पत्रकारहरू भावनात्मक रुपमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण