समयमै दोस्रो किस्ताको कर तिर्न सरकारको ताकेता, नतिरे जरिवाना
बुधबार, २५ चैत २०७७, १४ : ००
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता समयमै तिर्न करदातासँग ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै दोस्रो किस्ता कर समयमै तिर्न भनेकोे हो । आन्तरिक राजस्व विभागले चालू आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको हो ।
विभागले चालू आर्थिक वर्षको आयकरको दोस्रो किस्ता बापतको कर रकम चैत मसान्तसम्म तिर्न भनेको छ । विभागले यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न आग्रह गरेको छ । समयमा कर नबुझाएमा कानुन अनुसार शूल्क, जरिवाना तथा ब्याज लाग्ने विभागले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण