पदमुक्त भएलगत्तै न्यौपानेले गरे गाडी फिर्ता
बुटवल । मंगलबार पदमुक्त भएका लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपानेले गाडी फिर्ता गरेका छन् । प्रदेशसभा सदस्य न्यौपानेले बुधबार आफ्नो गाडी फिर्ता गरेका हुन् । न्यौपाने अर्थ,उद्योग, पर्यटन समितिको सभापतिको जिम्मेवारीमा समेत रहेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँत्याइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेशसभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो ।
कारबाहीपछि प्रदेशसभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा पङ्खा संसद सचिवालयलाई फिर्ता गरेका छन् । सांसदबाट हटेपछि सरकारी सुविधा लिन आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका छन् ।
न्यौपानेले रुपन्देहीबाट चुनाव जितेका थिए । एमालेमा लागेपछि उनीमाथि माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो । तर उनले एक हप्तासम्म पनि जवाफ नफर्काएपछि पार्टीले संसद सचिवालयमा पत्र पठाएको थियो । मंगलबार सभामुख पूर्णबहादुर घर्तीले न्यौपानेको सांसद पद नरहेको सभामा जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण