दैनिक उपभोग्य वस्तुको मूल्य अकासियाे
दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ। यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक बढेको छ।
गत वर्ष चैतको तुलनामा यसपटक मुख्य गरी हरियो तरकारीको मूल्य निकै बढेको छ। कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार काउली, घिरौंला, घिउसिमी, भान्टा, लौकालगायत हरियो तरकारीको मूल्य वृद्धि भएको छ। प्याज र आलु भने केही सस्तिएका छन्।
किसानले पर्याप्त परिमाणमा खेती नगरेकाले उत्पादनमा कमी आई हरियो तरकारीको मूल्य वृद्धि भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण