भारतबाट फर्किनेमा कोरोना
बाँकेमा कोरोना संक्रमित बढ्दै गएको छ । बिहीबार मात्रै १३ जना थपिएका छन् । भारतबाट आएका र नेपालगन्जको भेरी अस्पतालमा जाँच गरिएका १३ जनामा कोरोना पुष्टि भएको हो । भारतको गुजरातबाट आएका बाँके बैजनाथ गाउँपालिकाका २१ वर्षीय युवालाई कोरोना देखिएको छ । नेपालगन्ज नाकामा राखिएको हेल्थ डेस्कले मुम्बई, दिल्ली, गुजरातलगायतका शहरबाट आएका नेपालीलाई विशेष निगरानी गर्ने गर्दछ ।
भारतबाट करिब १८ वटा शहरमा फेरि कोरोना संक्रमण देखिएको छ । ती शहरबाट आएका व्यक्तिलाई नेपालगन्ज नाकामा विशेष निगरानी गर्ने गरिन्छ । खतीको सिजन शुरू हुन थालेकाले भारतमा मौसमी कामका लागि गएका नेपालीहरू फर्किन थालेका छन् । केही शहरबाट कोरोनाको डरले नेपाली घर फर्किएका छन् । नेपालीको ठूलो संख्या जाने कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा कोरोनाको कहर नदेखिएको त्यहाँबाट फर्किएका नेपालीहरू बताउँछन् । नेपालगन्ज नाकाबाट यति बेला पाँच सय बढी नेपाली दैनिक घर फर्किरहेका छन् । यता, नेपालगन्जको भेरी अस्पतालमा दैनिकजसो नै कोरोनाका बिरामी देखिन थालेको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण