युट्युबबाट सिप सिकेर मालामाल !
वैदेशिक रोजगारमा धाउँदाधाउँदा दिक्क भएका महोत्तरी सदरमुकाम जलेश्वरका एक युवा रोजगारीमा जम्न सफल भएका छन् । कामका लागि के गर्दा राम्रो हुन्छ भनेर युट्युब हेरे र त्यसैको माध्यमबाट सीप सिके ।
अनि जानेको सीपलाई रोजगारी बनाउँदा फाइदा हुने देखेर जलेश्वर नगरपालिका–११, पिगौनाका शैलेन्द्रकुमार महतोले युट्युबको प्रयोगबाट प्रविधिको प्रयोग गरी नजानेको सीपलाई सिकाइको माध्यम बनाएर रोजगारी गर्दै आएका छन् । महतोले प्रविधिको माध्यमबाट मम बनाउन सिकेर सोबाट राम्रै आम्दानी गरिरहेका छन् ।
विगतमा कमाइका लागि विभिन्न सहर धाएका उनी आफ्नै देश र ठाउँमा केही गर्नुपर्छ भनी अठोटका साथ यस क्षेत्रमा राम्रो आम्दानीको स्रोत पहिल्याएर नजानेको सीपलाई प्रविधिबाट सिकेर काव्या मम हाउस खोलेर अगाडि बढिरहेका छन् । भारतको दिल्लीदेखि लिएर वैदेशिक रोजगारको लागि साउदी अरब, मलेसिया, दुबईसम्म पुगेका युवा महतोले त्यहाँ विभिन्न दुःख, कष्ट झेलेर घरको ऋण सघाएको बताउनुहुँदै आफ्नै घरमा बसेर काम गर्ने अठोटका साथ एक वर्ष पहिला मम हाउस सञ्चालन गरेको बताए । गोरखापत्रमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण