किन भयो देउवा–पौडेल भनाभन ?
काठमाडौं । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार गठनको अवसर खेर फालेको भन्दै आक्रोश पोखेपछि सभापति देउवाले मैले कहाँ कस्तो अवसर खेर फालें भन्दै पौडेललाई प्रतिप्रश्न गरेका छन् ।
शुक्रबार कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा सहभागी भएका देउवाले नयाँ सरकार गठन गर्ने परिस्थिति नआए निर्वाचनमा पनि जान सकिने बताए । कार्यक्रममा देउवा पक्षका नेताले चुनावको पक्षमा बोलेका थिए भने पौडेल तथा संस्थापनइतर पक्षका नेताहरूले नयाँ सरकार गठनमा जोड दिएका थिए ।
कार्यक्रममा नेता पौडेलले जोखाना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेकोमा देउवाको आलोचना गर्दै अब अर्को अवसर खेर फाल्न नहुने आवश्यकता औंंल्याए । पौडेलले बोलेपछि अन्तिममा बोलेका सभापति देउवाले पौडेलतर्फ संकेत गर्दै आफूले कुनै अवसर खेर नफालेको स्पष्ट पारे । ‘मैले केमा अवसर खेर फालें ?’ देउवाले प्रश्न गर्दै भने ।
यसअघि सभामा नै पौडेल र देउवाबीच सामान्य भनाभन भएको थियो । त्यसमा उपसभापति विमलेन्द्र निधिले देउवालाई साथ दिएको कार्यक्रममा सहभागी एक कर्मचारीले बताए । निधिले सभापति देउवाकै शैलीमा नयाँ सरकार गठनका लागि संसद्मा संख्या पुग्नुपरेन ? भनेर प्रश्न गरेका थिए ।
सभापति देउवाले संसद्को अधिवेशन बोलाउन चाहिने एक चौथाइ संख्या पनि कांग्रेससँग नभएकाले नयाँ सरकार गठन कठिन भएको बताए । उनले अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुहोस् भने पनि सरकार गठनका लागि चाहिने संख्या नपुगेको बताए ।
‘म आफू प्रधानमन्त्री हुन चाहेको पनि छैन । जो सुकै होस्, तयार पार्नुस् न मान्छे’ कांग्रेस सभापति देउवाले पौडेलतर्फ लक्षित गर्दै भने, ‘संख्या पुग्नुप¥यो नि । मचाहिँ संख्या नपुग्ने खेलमा छैन ।’
उनले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकोमा पार्टीलाई भने धन्यवाद दिए । नयाँ सरकार बने राम्रै हुने बताएका देउवाले चुनावबाहेक अर्को बाटो हुन नसक्ने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताए । राजधानी दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण