विश्वभर पर्यटक ठप्प
कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ । विश्व पर्यटन संगठन गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटन आवागमनमा कमी आएको हो ।
सन् २०२० को जनवरीसम्म कोभिड महामारीका रुपमा फैलिएको थिएन । २०२० को जनवरीमा ४ प्रतिशतको वृद्धिसँगै डेढ अर्ब व्यक्ति घुमफिरमा निस्किएको तथ्यांकले देखाएको छ । सन् २०२१ को जनवरीमा भने युरोपेली मुलुकमा कोभिडको दोस्रो लहर चलेकाले पर्यटक आवागमन प्रभावित भएको छ ।
पर्यटक आवागमन जनवरीमा सबैभन्दा बढी एसिया तथा एसिया प्रशान्तीय क्षेत्रमा ९६ प्रतिशतले घटेको छ । पर्यटक घुमफिरका दृष्टिले विश्वको पहिलो सूचीमा पर्ने यो क्षेत्रका मुलुकको पर्यटनमा कोभिडले बढी असर गरेको तथ्यांकले देखाउँछ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण