संसदीय प्रणाली जोगाउने काँग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणाली विरुद्ध राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा षड्यन्त्र भइरहेको त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला आएको बताए ।
काँग्रेस ७० वर्षदेखि संसदीय प्रणालीको पक्षमा लडेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘आज त्यही प्रणाली जोगाउने प्रमुख सवाल हो, त्यसका लागि सबैले प्रयत्न गर्नुपर्छ ।’ वरिष्ठ नेता पौडेलले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण भएकाले सत्ताका लागि भन्दा व्यवस्थाका लागि बढी चिन्ता गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रको नेतृत्व गर्ने पार्टी चाहिएको भन्दै वरिष्ठ नेता पौडेलले काँग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन आवश्यक रहेकोमा जोड दिए । काँग्रेसले जे बोल्छ त्यसो बोल्दा जनतामा भ्रम पर्न नहुने उनको भनाइ थियो । ‘कांग्रेसलाई व्यक्ति पूजा गर्ने प्रवृत्तिबाट पनि बचाउनुछ, काँग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेछ’ पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
-
जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
-
शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर