बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म जसपा नखुल्ने

सोमबार, ३० चैत २०७७, ०६ : २७
सोमबार, ३० चैत २०७७


जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको जसपाको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको जसपाका नेता राजेन्द्र महतोले बताएका हुन् ।

‘सत्ता समीकरणको विषय संसद्मा प्रवेश गरेको छैन,’ उनले भने, ‘यो विषय संसदमा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेका छौँ ।’ जसपाको अहिलेको ध्यान सत्ता समीकरणको भन्दा आफ्ना मुद्दा कार्यान्वयनको विषयमा केन्द्रीत भएको उनले जनाए । जसपाले उठाएका माग ओली सरकारले पूरा गर्न प्रक्रिया अघि बढाइरहेको उनले बताए ।

नेपाली काँग्रेसले केही दिनअघि माओवादी केन्द्र र जसपाका नेताहरुलाई बोलाइ सत्ता समीकरणको विषयमा छलफल गरेको थियो । उक्त छलफलमा काँग्रेस सभापति देउवाले केपी ओली नेतृत्वको सरकार ढाली आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपासँग प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा छलफल गर्न आइतबार जसपाका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप