कोरोनाका सिकिस्त बिरामी बढ्दै, १८ वर्षमुनिका बालबालिका पनि अस्पतालमा
राजधानीका विभिन्न अस्पतालमा कोरोनाका सिकिस्त बिरामी बढ्न थालेका छन् । सिकिस्त बिरामी बढेसँगै कोरोनाको जोखिम झन् बढेको चिकित्सकहरुले औल्याएका छन् । विवरणअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना आईसीयूमा भर्ना भएका छन् । भर्ना भएकामध्ये १४ जना निमोनिया भइसकेर अक्सिजन चाहिने अवस्थाका छन् । तीमध्ये ६ जना सिकिस्त छन् ।
त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २२ जना बिरामी भर्ना भएका छन् । उनीहरु सबै अक्सिजन चाहिने अवस्थाका छन् । वीर अस्पतालमा ५ जना कोरोना संक्रमित भर्ना भएका छन् । यसमध्ये २ जना आईसीयूमा छन् ।
चिकित्सकका अनुसार भर्ना हुनेमा १८ वर्षमुनिका बालबालिका पनि छन् । पहिला बृद्ध उमेरका व्यक्ति कोरोनाबाट सिकिस्त भएर आउने गरेकामा यसपालि युवा उमेरका पनि सिकिस्त भएर भर्ना भएका छन् । संक्रमितमध्ये धेरैमा युकेको नयाँ भेरिएन्ट देखिएको छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण