जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग
काठमाडौँ । ओसिलो ठाउँमा पाइने जुकाको चुसाइले पनि विभिन्न रोग निको हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट विभिन्न जटिल रोगको उपचार हुने गरेको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादव आयुर्वेदमा ।।।जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म १५० भन्दा बढीको सफल उपचार भइसकेको बताए ।
उनले भने, “जुकाले चुस्ने क्रममा निस्किने स्रावमा हिरुडिन नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ ।” छालासम्बन्धी रोग, युरिक एसिड, टाउकाको रौँ झरेका, अनुहारमा डन्डीफोर आएका, पुराना दाद, पायल्सलगायत रोगका बिरामीको उपचार भइसकेको जानकारी दिए ।
बिरामीको रगतको मात्रा हेरेर मात्र लिच थेरापी गर्ने गरिएको बताउँदै उनले भने, “एक व्यक्तिमा प्रयोग गरिएको जुका अन्य व्यक्तिमा प्रयोग गर्न मिल्दैन । नियमित रूपमा थेरापी गराउनुपर्ने व्यक्तिमा प्रयोग गरिएको जुकालाई पुनः उसकै लागि प्रयोग गर्ने गरी संरक्षित गरेर राख्नुपछ ।”
एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुसाउने गरिन्छ । बिरामीको अवस्था हेरी दुईभन्दा बढी जुकाको प्रयोग गर्न सकिने डा. यादवले जानकारी दिए ।
डा. यादवले लिच थेरापी विधि नेपालमा भन्दा पनि विदेशी मुलुकमा अझ बढी प्रयोग हुँदै आएको बताउँँदै यो पद्धतिबाट निको भएकामा रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी भएको दाबी गरे ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण