मोटरसाइकलबाट खसेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
सोमबार, ३० चैत २०७७, १८ : १२
पोखरा । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । आइतबार तनहुँको म्याग्दे ठाँटीटारमा मोटरसाइकलबाट खसेर घाइते भएपछि उपचारका लागि पोखराको फेवासिटी अस्पतालमा भर्ना गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलबाट खसेर घाइते भएकी म्याग्दे गाउँपालिका ६ छबिसे की ५५ वर्षीया सानुमाया सार्कीको फेवा सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।
ग ७ प ५३२३ नम्वरको मोटरसाइकलको पछाडी बसेर थर्पुबाट छबिसेतर्फ जाँदै गर्दा अकस्मात खसेर घाइते भएकी सानुमायाको फेवासीटीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए उक्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण