संक्रमण दर बढ्दाे : १२ जनामा परीक्षण, एकमा संक्रमण
केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल, भारतमा दैनिक एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक १२ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो एक साता आधार मान्दा २८ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय १८ मा संक्रमण देखिएको छ । गत मंगलबार ४ हजार २ सय ४३ जनामा परीक्षण गर्दा २ सय ६० जनामा संक्रमण देखिएको थियो । गत बुधबार ४ हजार १ सय जनामा परीक्षण गर्दा ३ सय ३९, बिहीबार ४ हजार ६ जनामा परीक्षण गर्दा ३ सय ३२, शुक्रबार ४ हजार ७१ जनामा परीक्षण गर्दा २ सय ८८ जनामा कोरोना देखिएको छ ।
मन्त्रालयका अनुसार गत शनिबार ३ हजार ५ सय ३२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ३७, आइतबार ३ हजार १ सय २५ जनाको परीक्षण गर्दा ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित संख्या सोमबार पाँच सय नाघेको छ । सोमबारै ५ हजार १ सय ५ जनाको परीक्षण गर्दा ५ सय ५९ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको विवरण प्राप्त भएको छ । पछिल्लो २४ घण्टामा भने ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतक संख्या ३ हजार ५३ पुगेको छ ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण