महाकालीमा भारतले तटबन्ध बनाइसकेपछि नेपालको निरीक्षण
नेपाल–भारतको सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धको दुवै देशका प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुवै देशबाट नापी विभागको पाँच÷पाँच सदस्यीय टोलीले भारतद्वारा निर्माणाधीन तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
भारतले एकतर्फीरूपमा नदीको धार परिवर्तन हुने गरी नेपालकै भूमिमा तटबन्ध निर्माण गरि रहेको विषयमा सञ्चार माध्यमदेखि संसदसम्म आवाज उठेपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको हो ।
नेपाली टोलीमा प्रमुख नापी अधिकृत जयानन्द जोशीको नेतृत्वमा नापी अधिकृत कमल शाही र कपिल कटुवाल तथा सर्भेयर शहदेश घिमिरे र सुन्दर देवकोटा हुनुहुन्छ । यस्तै भारतका तर्फबाट डीएसएस माज जतिन्तर सिंहको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धीरज सिंह र दिनेश सिंह सहभागी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिए । दुवै देशको प्राविधिक टोलीले संयुक्त निरीक्षण गर्दै पर्खाल ठीक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छै न भन्ने विषयमा छलफल गरको बताइएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण