वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि रेमिट्यान्स बढ्यो
कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि विप्रेषण आप्रवाह भने निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा विप्रेषण ८.६ प्रतिशतले बढेको छ । चालू आवको आठ महिनाको अवधिमा छ खर्ब ४२ अर्ब १४ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या भने करिब ७५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले बढेर पाँच अर्ब ४५ करोड पुगेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४.२ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २.७ प्रतिशतले घटेको थियो । समीक्षाअनुसार चालू खाता घाटा भने एक खर्ब ४८ अर्ब ६८ करोड रुपियाँ पुगेको छ । गत वर्षको यही अवधिमा त्यस्तो घाटा एक खर्ब १९ अर्ब ७० करोड रुपियाँ थियो । समीक्षाअनुसार शोधनान्तर बचत भने गत वर्षको ३७ अर्ब ८४ करोडबाट ६८ अर्ब रुपियाँ पुगेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण