सीमानाका खुकुलो : नाकाबाट आएकामा देखिँदै छ संक्रमण
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा बेवास्ता हुँदै आएको छ । जसका कारण कोरोना संक्रमण दर ह्वात्तै बढ्न थालेको छ ।
हाल मुलुकका उत्तरी र दक्षिणीतर्फ गरी ३५ सीमानाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै ३२ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । यतिसम्म कि दैनिक रूपमा के कति संख्यामा ती विभिन्न नाकाबाट मानिस आवतजावत गरिरहेका छन् र उनीहरू कहाँ पुगे भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन ।
गृह मन्त्रालयअन्तर्गतको सीमा तथा अध्यागमन प्रशासन शाखाका प्रमुख परमानन्द घिमिरेले भारतसँग जोडिएका मात्रै ३२ सीमानाका हाल सञ्चालनमा रहेको जानकारी दिए । ती विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्नेहरूलाई चेकजाँचपछि प्रवेश दिने गरिएको उनले बताए ।
सीमानाका हुँदै आउनेहरूको हेल्प डेस्कमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको छ । तर, हेल्प डेस्कमा जनशक्ति तथा स्रोतसाधनको पर्याप्त व्यवस्था हुन नसक्दा अधिकांश नेपाली परीक्षणबिना नै निर्बाध रूपमा नाकाबाट भित्रिने गरेका छन् । नाकाबाट भित्रिनेमध्ये केहीको मात्र परीक्षण गर्ने गरिएको छ ।
धनगढीबाट प्राप्त विवरणअनुसार ३ चैतयता मंगलबारसम्म भारतबाट आएका करिब २० हजार नेपालीमध्ये करिब ४ हजारको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । त्यसमध्ये ४ सय ७८ जनालाई कोरोना संक्रमण भएको पाइएको छ ।
आजकाे राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण