पूर्व राजा ज्ञानेन्द्रलाई दिल्लीमा रातो कार्पेट
देशमा राजनीतिक अस्थिरता र अन्योलता बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्रलाई नयाँदिल्लीले रातो कार्पेटमा स्वागत गरेका ेछ । भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा विश्व हिन्दू सम्राटको हैसियतमा पूर्वराजा ज्ञानेन्द्रलाई आमन्त्रण गरिनु अर्थपूर्ण छ । चैत २६ गते नयाँदिल्ली प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्र तीन दिन नयाँदिल्ली बसेर नयाँदिल्लीबाटै हेलिकोप्टरमा शनिबार देहरादून हुँदै ऋषिकेश पुगेको स्रोतले बताएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको हेलिकोप्टरलाई स्कर्टिङ गरेर देशरादून लगेको घटनाले पनि पूर्वराजा ज्ञानेन्द्रको यस भ्रमणलाई भारतले विशेष महत्व दिएको बताइन्छ । चैत ३० गते बिहान पूर्वराजा ज्ञानेन्द्रको हरिद्वारमा शाही स्नान गराउने कार्यक्रम सम्पन्न भएको एभिन्यूज टेलिभिजनले बताएको छ । उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र आरएसएसका प्रमुख मोहन भागवतलगायतका भाजपाको नेताहरुको सहभागी हुने बताइए पनि मोदी अनुपस्थित भएका छन् ।
यो खबर आजको दृष्टि साप्ताहिक लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण