खोपको दोस्रो डोज : हेर्नुहोस् कसले कुन मितिमा लगाउन पाउँछन्
कारोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने भएका छन् । नेपालमा भारत सरकारको सहयोगमा २०७७ माघ ८ गते पहिलोपटक १० लाख डोज खोप भित्रिएसँगै माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो मात्रा लगाइएको थियो। खोपको पहिलो मात्रा लगाएको मितिअनुसार दोस्रो मात्राका लागि मिति तोकिएको छ ।
गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकालाई दोस्रो मात्राको खोप लगाउने मिति वैशाख ७ गते तोकिएको छ । त्यसै गरी, माघ १८, १९, २०, २१ र २७ मा पहिलो खोप लगाउनेले वैशाख ८ गते, माघ २२, २३, २४, २८ र फागुन २ गते लगाएकाले वैशाख ९ गते दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् ।
माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाउनेको पालो वैशाख १० मा राखिएको छ । माघ ३० र फागुन ७, ८, ९ र १० मा पहिलो मात्रा खोप लगाएकाहरूले वैशाख ११ गते दोस्रो मात्रा पाउनेछन्। कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण