विद्युत् आयोजनाको निर्माण अवधि १ वर्षसम्म थप हुने
सरकारले कोरोना प्रभावित निर्माणाधीन आयोजनको निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणले थप निर्णय गर्नुपर्ने भएको छ । प्राधिकरणको सञ्चालक समितिले यससम्बन्धी थप निर्णय गरेपछि मात्रा प्रभावित आयोजनाहरूले तोकिएको छूट तथा सुविधा पाउने भएका हुन् ।
गत फागुनको पहिलो साता मन्त्रीस्तरीय निर्णयबाट कोरोना प्रभावित आयोजनाहरूलाई विभिन्न राहत दिनेगरी ऊर्जा मन्त्रालयले निर्णय गरेको थियो । त्यसमध्ये निर्माणाधीन आयोजनाको विद्युत् उत्पादन मिति अर्थात् निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय पनि थियो । त्यसलाई कार्यान्वयन गर्न प्राधिकरणको सञ्चालक समितिबाट पनि निर्णय गर्नुपर्ने भएको हो ।
विद्युत् उत्पादन मिति विद्युत् प्राधिकरणसँग सम्बद्ध रहेकाले थप निर्णय गर्नुपर्ने भएको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बोर्डबाट थप निर्णय भएपछि मात्रा यो विषय कार्यान्वयन हुने बताए । बोर्डबाट यस विषयमा निर्णय गरिने उनको भनाइ छ ।
‘अब बोर्डबाट यस विषयमा आवश्यक निर्णय भएपछि यो कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्छ,’ उनले भने, ‘आवेदन दिएका सबै आयोजनाले १ वर्ष नै थप म्याद पाउँछन् भन्ने हुँदैन । आयोजनाहरूमा परेको प्रभावको आधारमा बढीमा १ वर्षसम्म मात्र म्याद थप हुन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण