धागोकाे अव्यावहारिक भन्सार महसुलका कारण स्वदेशी उद्योग मारमा
कपडा सिलाउने तयारी गोली धागो आयातमा अव्यावहारिक भन्सार मूल्यांकन र महसुलका कारण स्वदेशी उद्योगलाई मार परेको छ । आयातकर्ताले तयारी धागोलाई औद्योगिक कच्चा पदार्थसरह सहुलियतमा भित्र्याएपछि स्वदेशका यस्ता उद्योग संकटमा परेको उद्योगीहरूले बताएका छन् ।
कम भन्सार मूल्यांकन र महसुलमा भित्रिएको धागोका कारण स्वदेशी उद्योग समस्यामा परेका हुन् । आयातकर्ताले तयारी धागोलाई कच्चा पदार्थसरह सहुलियतमा भित्र्याउँदा स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समस्या भएको एस थ्रेडका सञ्चालक मुर्ली जलानले बताए ।
कच्चा पदार्थको रूपमा प्रयोग हुने धागोको भन्सार मूल्यांकन प्रतिकिलो १५० रुपैयाँ छ । यसमा ५ प्रतिशत भन्सार महसुल र १३ मूल्यअभिवृद्धि कर लाग्छ । आयातकर्ताले तयारी धागोसमेत यही मूल्यांकन र महसुलमा भित्र्याउने गरेका छन् ।
कच्चा पदार्थको सहुलियतमा तयारी धागो आयात हुँदा स्वदेशी उद्योगीलाई प्रतिस्पर्धामा कठिनाइ भएको जलानले बताए ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण