बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

चिडियाखानामा एक्लै रमाउन थाल्यो बर्दियाबाट ल्याइएको पाटेबाघ

बिहीबार, ०२ वैशाख २०७८, ०६ : ४४
बिहीबार, ०२ वैशाख २०७८

करिब  १० वर्षसम्म  बर्दियाको घना  जङ्गलमा आफैँ  सिकार  गरेर  विचरण  गरेको पाटेबाघ  सदर चिडियाखानाको 'रेडिमेड’ मासुमा  चाँडै रमाउन  थालेको  छ ।  

चिडियाघरको पाहुना र माउन  थालेपछि संरक्षणकर्मीमा पनि सन्तोष बढेको छ ।
गैँडा  गणनामा संलग्न हात्ती  माउते पुलिसराम चौधरीको ज्यान लिएपछि  बेहोश  गरेर यहाँ ल्याइएको यो बाघ सदर  चिडियाखानामा बस्न थालेको एक साता पुगेको    छ । 

बर्दियाबाट सडकमार्ग  हुँदै ललितपुर जावलाखेलस्थित सदरचिडियाखाना पु¥याएकै  दिन भोको   पेटमा तीन केजी मासु मजाले खाएको बाघले जङ्गलमा भुत्लासहित  खाएको सिकार जस्तै मीठो स्वाद मानेर खाला भन्ने  चिडियाखानाका  कर्मचारीलाई विश्वास  लागेको थिएन  ।  

तर, यो बाघलेजङ्गली सिकार र 'रेडिमेड’ सिकारमा गन्ध थाहा  नपाएझैँ गरेर
र खाएको देखेपछि  कर्मचारी पनि अचम्ममा परेका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप