बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो

बिहीबार, ०२ वैशाख २०७८, ०६ : ५५
बिहीबार, ०२ वैशाख २०७८

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको    पाइएको छ । 

भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको  बेला भारतको विभिन्न सहर  बाट काम गरेर फर्किरहेका  नेपालीमा  पनि  सङ्क्रमण बढ्दो रहेको पाइएको हो । 

हाल  गौरीफन्टा नाकाबाट  सबैभन्दा बढी नेपाली फर्किरहेका छन् । जसमध्ये धेरैलाई    कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३० गतेसम्म यो नाकाबाट फर्किएका मध्ये  आठ हजार ८०८ जनाको एन्टिजेन  विधिबाट  परीक्षण गरिएको छ ।    

जसमध्ये ४६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  बुधबार दिउँसो  सम्ममा गौरीफन्टा नाकाबाट आएकामध्ये १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । 

चैत  २० गते यता भारतबाट आउनेमा कोरोना सङ्क्रमण बढी मात्रामा पुष्टि भएको  नाकामा खटिएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी अमित  विकले    बताए  ।  

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप