कुकुरको हत्या प्रकरण : जनावर प्रेमीले बालक कुटे, घरमा तोडफोड गरेपछि प्रहरी दबाबमा
काठमाडौं । धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरे । चैत १८ मा ८ बर्षको बालकललाई टोकेपछि आफन्तले कुकुर मारेका थिए ।
कुकुरको हत्यापछि काठमाडौंबाट गएको एउटा समूहले ८ बर्षको बालकलाई कुटपिट गरे ।
कौशिला लामाको नाबालक छोरा बस्ने स्थानीय बुईमा तामाङको घर तोडफोड गरे । कौशिलाको छोरा कुटपिट र घर तोडफोडपछि धुलिखेल–४ स्थित २८ किलोका स्थानीयले तोडफोड गर्ने समूहलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएका छन् ।
यता, कुकुर मार्ने दुईजना पुरुषलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै जनावरप्रेमी संघ–संस्थाले बुधवार माइतीघर मण्डलामा आन्दोलन नै गरे ।
‘हामी कारबाहीको प्रक्रियामा छौं’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले रातोपाटीसँग भने–‘जनावर सम्बन्धी काम गर्ने संस्थाहरुसँग कुरा भइरहेको छ ।’
चैत २९ मा जनावरप्रेमी सिर्जना पञ्जियार सहितको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मार्नेलाई कारबाही गर्नका लागि प्रहरीमा उजुरी दिएका थिए ।
तोडफोड र बालकलाई कुटपिट गरेपछि प्रहरीले कुकुर मार्ने पक्षलाई पक्राउ गर्न पनि सकेको छैन । स्थानीयले ‘दोस्रो अति’ भएको भन्दै तोडफोड गर्नेहरुलाई पक्राउ गर्न प्रहरीलाई दबाब दिएका छन् । प्रहरी दुई पक्षको दबाबमा परेको छ । कुुकुर मार्नेहरु फरार छन् । ‘कानुनी कारवाही गर्ने समयसीमा छ’ डिएसपी खतिवडा भन्छन्–‘कानुनले तोकेको समयभित्र कारवाही प्रक्रिया पुरा गर्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
