सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना (कोभिड–१९) सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठ बुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलिन थालेपछि सो मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० प्रतिशत शय्या छुट्याउन र कोभिडका बिरामीको उपचारका लागि यसअघि तोकिएअनुसार निःशुल्क सेवा प्रदान गर्न समेत मन्त्रालयले निर्देशन दिएको जानकारी दिए ।
मन्त्रालयले पीसीआर परीक्षण गर्ने निजी प्रयोगशाला र कोभिड–१९ को उपचार गर्ने निजी अस्पतालको हकमा पनि शुल्क तोकेको छ । मन्त्रालयले निजी प्रयोगशालाले दुई हजार रुपियाँ नबढाइ शुल्क लिन सक्ने उल्लेख गरेको छ । यस्तै कोभिडको उपचार गर्ने निजी अस्पतालले सङ्क्रमितको औषधिबाहेक उपचारका लागि सङ्क्रमणको जटिलताका आधारमा सामान्य अवस्थाका बिरामीका लागि प्रतिदिन तीन हजार पाँच सय रुपियाँ, मध्यम अवस्थाका लागि प्रतिदिन सात हजार रुपियाँ र जटिललाई प्रतिदिन १५ हजार रुपियाँ र त्यसमा ५० प्रतिशत थप नबढ्ने गरी शुल्क लिन सक्ने उल्लेख गरेको छ ।
मन्त्रालयले निजी अस्पतालमा नियमित सेवा लिन आएकाहरूलाई कोभिड–१९ पुष्टि भएको अवस्थामा अन्यत्र रिफर नगर्न समेत अनुराेध गरेको छ । यस्तै सबै अस्पताललाई फिवर क्लिनिक सञ्चालनमा ल्याउन तथा कोभिड–१९ को परीक्षणका लागि नमुना सङ्कलन गर्ने तथा परीक्षणको व्यवस्था मिलाउनेतर्फ पनि ध्यान दिन आग्रह गरेको छ । पछिल्लो दुई सातायता नेपालमा कोराेना सङ्क्रमण पुनः बढ्दो क्रममा रहेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण